नेपालको भुक्तानी प्रणाली विश्वस्तरीय भयो: गभर्नर नेपाल


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेपालको भुक्तानी प्रणाली विश्वस्तरीय भयो: गभर्नर नेपाल

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जिवी नेपालले नेपालको वित्तीय प्रणाली आधुनिक बन्दै गएको बताएका छन्। नेपाल राष्ट्र बैंकमा आयोजित कार्यक्रममा उनले विश्वस्तरीय सेवा र सुविधा थप हुँदै गएको बताएका हुन्।

नेपाल राष्ट्रबैंकले शुरु गरेको रियल टाइम ग्रस सेटलमेन्ट सिस्टमको उद्घाटन गर्दै उनले भुक्तानी प्राणालीमा आमूल परिवर्तन भएको बताए।

विश्वका अन्य देशमा पहिलैदेखि शुरु भएर अन्तर्राष्ट्रिय मञ्चमा यही नयाँ प्रणालीका बारेमा बहस हुने गरेपनि नेपालमा नहुँदा सबैले यसमा चासो राख्ने गरेको उनले अनुभव सुनाए।

'केन्द्रीय बैंकका गभर्नरहरुसँगको जमघटमा अनौपचारिक छलफलको विषय नै यही हुने गरेको थिए। सबैले मसँग यो बारेमा चासो पनि राख्थे तर अब हामी यसमा जवाफ दिनसक्ने भएका छौ' उनले भने।

यो प्रणालीको शुरुवातसँगै नेपालको भुक्तानी प्रणाली विस्वस्तरीय भएको उनको भनाइ छ।

वास्तविक समयमा भुक्तानी गर्ने झन्जट पनि न्यून हुने भएकाले समग्र वित्तीय सेवाप्रति नै सर्वसधारणको विश्वास बढेर जाने उनको भनाइ छ।

Read More
  • MBL - below news