थाहा पाउनुहोस्, आम्दानी र भत्ताबाट काटिने टीडीएसको दर (सुची सहित)


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
थाहा पाउनुहोस्, आम्दानी र भत्ताबाट काटिने टीडीएसको दर (सुची सहित)

आयकर ऐन, २०५८ मा भएको व्यवस्था बमोजिम व्यक्तिले आफ्नो आम्दानीबाट राज्यलाई तिर्नुपर्ने नियम अनुसारको कर आम्दानीको स्रोतबाट नै कट्टी गर्ने प्रक्रिया नै स्रोतमा करकट्टी  (Tax Deduction at Source)  हो । टीडीएस कुनैपनि व्यक्ति/संस्थाले आफ्नो आम्दानीको भुक्तानी लिँदा भुक्तानी दिने पक्षले अग्रिमरुपमा कट्टी गर्दछ । त्यसरी कट्टी गरेको रकम भुक्तानी दिने पक्षले लिने पक्षको नाममा कर कार्यालयमा दाखिला हुन्छ ।

राज्यले कर छली हुने सम्भावनालाई घटाउन तथा समयमै कर संकलन गर्नका लागि टीडीएसलाई औजारको रुपमा प्रयोग गर्दछ । आम्दानीको स्रोतका आधारमा टीडीएसको दर फरक फरक हुने गर्दछ । नेपालमा विद्यमान कानुनी व्यवस्था बमोजिम 1.5 प्रतिशतदेखि २५ प्रतिशतसम्म अग्रिम करकट्टी गरिन्छ ।

आयकर ऐन, २०५८ को दफा ८७, ८८, ८८ (क) र ८९ मा भुक्तानीमा अग्रिम करकट्टी सम्बन्धी व्यवस्था छ । ऐनको प्रावधान बमोजिम भुक्तानी दिने पक्षले गर्ने अग्रिम कर कट्टीको दर यस्तो छः

Read More
  • MBL - below news