काठमाण्डौ । रुपन्देहीको भैरहवामा केन्द्रीय कार्यालय रहेको मनकामना लघुवित्त वित्तीय संस्था लिमिटेड र दाङ्गको घोराहीमा केन्द्रीय कार्यालय रहेको स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडबीच गाभ्ने÷गाभिने सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
मनकामनाका अध्यक्ष अजय गोयनका र स्मार्टका अध्यक्ष शान्ति चौधरीले भदौ २१ गते आयोजित एक समारोहबीच गाभ्ने÷गाभिने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
हस्ताक्षर कार्यक्रममा दुवै संस्थाका संचालकहरु र प्रमुख कार्यकारी अधिकृतहरुको पनि उपस्थिति थियो ।






