कुमारी बैंक (KBL) ले लाभांश परित गर्न १९ औं वार्षिक साधारण सभा बोलाएको छ। बैंकले आर्थिक वर्ष २०७५/०७६ को लागि वितरण गर्न प्रस्ताव गरेको चुक्ता पूँजीको १० प्रतिशत बोनस र बोनस शेयरको कर प्रयोजनको लागि ०.५२६ प्रतिशत लाभांश पारित गर्न असोज ११ गते शनिबार साधारण सभा आह्वान गरेको हो।
असोज ११ गते बिहान ११ः३० बजे नक्साल व्याक्वेट, नक्साल काठमाडौंमा बोलाइएको साधारण सभामा लाभांशका अतिरिक्त साधारण सभामा प्रबन्धपत्र संशोधन गर्ने, आर्थिक वर्ष २०७५/०७६ को नाफा नोक्सान सम्बन्धी हिसाब किताबका सम्बन्धमा छलफल गरी पारित गर्ने तयारी गरेको छ।
यस्तै आर्थिक वर्ष २०७६/७७ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने पनि तयारी गरेको छ।





