टिप्स : मनोज ज्ञवाली र सुरेन्द्र पौडेलको सक्सेस मन्त्र, 'धैर्यता राख्नुहोस्', सन्जय शाह भन्छन्, '२-४ महिनामै जागिर नछोड्नू'


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
 टिप्स : मनोज ज्ञवाली र सुरेन्द्र पौडेलको सक्सेस मन्त्र, 'धैर्यता राख्नुहोस्', सन्जय शाह भन्छन्, '२-४ महिनामै जागिर नछोड्नू'

 

काठमाडौँ । नेपाली सिए क्षेत्रमा थुप्रै स्वयमसेवी काम गरिरहेको वीक्यान नेपालले चार्टड एकाउन्टेन्टहरुसँग अन्तरक्रिया गरेको छ । शनिबार दिउँसो काठमाडौँको नयाँ बानेश्वरस्थित अल्फा हाउसमा भएको उक्त कार्यक्रममा नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेल, बरिष्ट चार्टड एकाउन्टेन्ट भरत रिजाल, ज्योति बिकास बैंकका सीइओ मनोज ज्ञवाली, वर्ल्ड लिंकका सिएफओ संजय कुमार शाह, र निल सारु वक्ताको रुपमा रहेका थिए भने कार्यक्रममा आइक्यानका अध्यक्ष, आइक्यानका उपाध्यक्ष, एक्यानका अध्यक्ष लगायतले पनि आफ्नो मन्तव्य राखेका थिए।

'धैर्यताको गोटी खानुहोस्': सुरेन्द्र पौडेल, प्रबन्ध निर्देशक, नेपाल आयल निगम 

 

नेपाल आयल निगमका प्रबन्ध निर्देशक सिए सुरेन्द्र पौडेलले पछिल्लो समय सिएहरुमा धैर्यता राख्ने क्षमताको कमि भएको बताउँदै 'धैर्यताको गोटी' खान सबै सिएहरुलाई अनुरोध गरेका छन् । आफ्ना अनुभवहरुसमेत सुनाउँदै उनले धैर्यता नै सफलताको मूल मन्त्र भएको स्मरण गराएका छन् । 'सफलताको मूल सुत्र भनेकै धैर्यता हो । कुनै ठाउँमा ३-४ महिना काम गरेर अर्को ठाउँमा गइहाल्नु राम्रो होइन । जागिर गर्ने कि प्राक्टिसमा आउने भन्ने विषय पहिला नै निर्धारण गर्नुपर्छ ।' सिएहरुलाई सुझाव दिंदै उनले भने, 'सकेसम्म सरकारी जागिर खानुहोस्, नसकेपनि धैर्यता नगुमाउनुहोस्, विदेशचाहीं नजानुहोस्'

जहाँ पायो त्यहिं जागिर अप्लाई नगर्नुहोस् : सिए मनोज ज्ञवाली, सिइओ, ज्योति बिकास बैंक लिमिटेड 

 

ज्योति बिकास बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका चार्टड एकाउन्टेन्ट मनोज ज्ञवालीले पछिल्लो समय सिएहरुले जहाँ पायो त्यहिं जागिरको लागि आवेदन दिने गरेको र तयारी पनि सोहि अनुसार नगर्दा सम्पूर्ण पेशाकै इज्जत घट्ने डर भएको बताएका छन् । 'सिएहरुमाथि अपेक्षा ठुलो हुन्छ । तर तपाईंहरु तयारी नै नगरी आइदिनुहुन्छ । जहाँ पायो त्यहीं आवेदन दिनुहुन्छ । यसले समग्र बजारमा सिएको ओझ घटाएको छ । दुई चार महिना बरु काम नगर्नुहोस्, जहाँ पायो त्यहीं आवेदन नदिनुहोस् । जहाँ दिनुहुन्छ, तयारी गर्नुहोस् । तयारी गरेर मात्र अन्तर्वार्तामा जानुहोस् ।' उनले भने ।

...

Read More
  • MBL - below news