एक ठाउँबाट अर्को ठाउँमा राजस्व कसरी तिर्ने ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एक ठाउँबाट अर्को ठाउँमा राजस्व कसरी तिर्ने ?

मानौं, तपाईं अहिले धनगढीमा हुनुहुन्छ । विराटनगरको आन्तरिक राजस्व कार्यालयमा दर्ता भएको व्यवसाय सञ्चालन गर्नहुन्छ । राजस्व तिर्ने समय घर्किसकेको छ । त्यसैले तपाईं हतारोमा हुनुहुन्छ । यस्तो अवस्थामा हतारहतार विराटनगर फर्किनु आवश्यक छैन । ढुक्क हुनुहोस्, राजस्व संकलन गर्ने बैंकको जुनसुकै शाखाबाट पनि कर तिर्न सकिन्छ । आन्तरिक राजस्व विभागले केही समय अघिदेखि नै यस्तो व्यवस्था गरिसकेको छ ।

कसरी तिर्ने?

आफुलाई पायक पर्ने कर कार्यालयमा जानुहोस् । आफ्नो व्यवसायसँग सम्बन्धित कार्यालयको कोड र खाता नम्बर प्रयोग गरी देशभरका जुनसुकै कर कार्यालयको नाउँमा रकम जम्मा गर्न सकिन्छ । उदाहरणको लागि तपाईंको व्यवसाय आन्तरिक राजस्व कार्यालय कोटेश्वरमा दर्ता छ । उक्त कार्यालयको राजस्व प्रयोजनको लागि कार्यालय कोड 305043504 हो । सम्बन्धित बैंक वा कर कार्यालयबाट आफ्नो कारोबार दर्ता रहेको कार्यालयको बैंक खाता नम्बर लिनुहोस् । र, उक्त कार्यालय कोड तथा बैंक खाता नम्बर भौचरमा उल्लेख गरी रकम जम्मा गर्नुहोस् ।

एनी बैंक होइन, एनी ब्रान्च

हामीले बैंकिङ प्रणालीमा एनी ब्रान्च बैंकिङ सिस्टम (ABBS) को सुविधा लिँदै आएका छौं । ठीक त्यसैगरी राजस्व संकलनमा समेत सम्बन्धित बैंकको कुनैपनि राजस्व काउन्टरबाट रकम दाखिला गर्न सकिन्छ । नेपालमा विभिन्न क्षेत्रको राजस्व संकलनका लागि फरक फरक बैंकले अनुमति पाएका छन् । त्यसैले आफुले कुन बैंकमा राजस्व जम्मा गर्ने भन्ने विषयमा स्पष्ट हुनु जरुरी छ । अन्यथा उल्टै झन्झट बढ्न सक्छ । स्मरण रहोस्, तपाईंले राजस्व तिर्ने बैंकको जुनसुकै राजस्व काउन्टरबाट देशभरका राजस्व कार्यालयको खातामा रकम जम्मा गर्न सकिन्छ ।

अनलाईन भुक्तानी झनै सजिलो

नेपाल सरकारले राजस्व संकलनका लागि अनलाईन पोर्टल सञ्चालनमा ल्याएको छ । यो पोर्टलको माध्यमबाट आफ्नो बैंक खातामा भएको रकम राजस्व कार्यालयको खातामा ट्रान्सफर गर्न सकिन्छ । यसका लागि राजस्व भुक्तानी गर्ने विद्युतीय पोर्टल प्रयोग गर्नुपर्दछ । हाल अनलाईन भुक्तानीका लागि आन्तरिक राजस्व विभागको Tax Payer Portal (taxpayerportal.ird.gov.np),  महालेखा नियन्त्रक कार्यालय अन्तर्गतको राजस्व भुक्तानी पोर्टल (राजस्व डट एफसीजीओ डट जीओभी डट एनपी rajaswa.fcgo.gov.np) अथवा नेपाल क्लियरिङ हाउसको कनेक्ट आईपीएस एप वा अनलाईन (कनेक्ट आईपीएस डटकम connectips.com) को प्रयोग गर्न सकिन्छ ।

Read More
  • MBL - below news