‘फरेन्सिक’ टोलीले आजबाट अनुसन्धान गर्ने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
‘फरेन्सिक’ टोलीले आजबाट अनुसन्धान गर्ने

गाउन विदेशी ‘फरेन्सिक’ टोलीले बिहीबारबाट अनुसन्धान थाल्ने भएको छ। चिनियाँ नागरिकले नेपाली बैंकहरुको एटिएम प्रणाली ह्याक गरी गत शनिबार राजधानीका विभिन्न एटिएम बुथबाट पैसा चोरेका थिए।

नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स)सँग सहकार्य गरी अनुसन्धान गर्दा पनि कुन बैंकको कति रकम चोरियो भन्ने यकिन तथ्यांक नआएपछि फरेन्सिक टोली बोलाइएको हो। फरेन्सिक टोली काठमाडौं उत्रिसकेको छ।

निरौलाका अनुसार नेप्ससँग मिलेर फरेन्सिक टोलीले अनुसन्धान गर्नेछ। उनले भने, ‘हामिसँग यस्तो खालको ज्ञान नभएकाले फरेन्सिक टोली सिंगापुरबाट मगाइएको हो।’ फरेन्सिक टिमले बैंक तथा बचतकर्ताको सुरक्षाका लागि काम गर्छ। यसअघि पनि विभिन्न बैंक तथा वित्तीय संस्थाले फरेन्सिक टोली बोलाउने गरेको उनले बताए।

राष्ट्र बैंकको प्राविधिकसहित फरेन्सिक टोलीको अनुसन्धान प्रतिवेदन आएपछि कुन बैंकको एटिएम बुथबाट कति रकम चोरियो भन्ने प्रस्ट हुने उनले बताए।

प्रारम्भिक अनुसन्धान अनुसार नेपाल एसबिआई, नेपाल इन्भेस्टमेन्ट र नबिल बैंकको एटिएम बुथमा ग्लोबल आइएमई, सनराइज, जनता, प्रभु र एनआइसी एसिया बैंकको भिसा कार्ड प्रयोग गरी रकम चोरिएको थियो।

रकम चोरीसँगै भिसा कार्डको सेवा बन्द भएको छ। असुरक्षाको कारण बन्द भएका भिसा कार्ड सञ्चालन हुन अझै केही दिन लाग्ने नेपाल बैंकर एसोसिएसनका कार्यकारी निर्देशक अनिल शर्माले बताए।

ह्याकरले एटिएमबाट रकम लगेपछि अन्तर्राष्ट्रिय भिसा स्टेसनले नै क्रस बैंकिङ सेवा बन्द गरेकाले भिसा कार्डमार्फत क्रस बैंकिङ कारोबार कहिले सुरु हुन्छ, यकिनसाथ भन्न सकिने अवस्था नभएको शर्माले जानकारी दिए।

फरेन्सिक टोलीको अनुसन्धान प्रतिवदेन आएपछि भिसा कार्डको सेवा सुरु हुन सक्ने शर्मा बताउँछन्। ह्याकर समूहले कुन बैंकका कति डाटा चोरी गरेका छन्, भन्ने पनि थाहा नभएको उनले बताए। ‘ बैंक तथा वित्तीय संस्थाले ह्याकर समूहको आक्रमणबाट बच्न आगामी दिनमा उच्च प्रविधि प्रयोग गरी सचेत हुनुपर्छ,’ उनले भने।

Read More
  • MBL - below news