एटिएम ह्याक प्रकरणमा छानबिन समिति भन्छ–पुरानै प्रविधिको कार्डको प्रयोगले ह्याकरलाई सजिलो


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एटिएम ह्याक प्रकरणमा छानबिन समिति भन्छ–पुरानै प्रविधिको कार्डको प्रयोगले ह्याकरलाई सजिलो

सुरक्षित मानिने चिप्स प्रविधिको कार्ड प्रयोगमा ल्याए पनि बैंकहरूले म्याग्नेटिक स्ट्राइपको कार्डलाई पनि निरन्तरता दिइरहेकाले ह्याकरलाई सजिलो भएको हो 


बैंक तथा वित्तीय संस्थाले पुरानै प्रविधिमा आधारित एटिएम कार्डलाई निरन्तरता दिएकाले ह्याकरलाई सजिलो भएको पाइएको छ । मुलुकका विभन्न बैंकबाट ह्याकरले एटिएम ह्याक गरी करोडौं रुपैयाँ चोरी गरेपछि गठन गरिएको छानबिन समितिले यस्तो आशंका गरेको हो । 

राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रको संयोजकत्वमा गठित छानबिन समितिले बुधबार गभर्नरसमक्ष बुझाएको प्रतिवदेनमा ‘बैंकहरूले पुरानै प्रविधिमा आधारित एटिएम कार्डलाई निरन्तरता दिएकाले चोरी भएको आशंका’ गरिएको छ ।  ‘हामीले १२/१४ वटा सुझाबसहितको प्रतिवेदन बुझाएका हौँ,’ संयोजक मिश्रले भने, ‘हामीले अत्याधुनिक सुविधा अपनाउन र म्याग्नेटिक स्ट्राइप प्रविधि पूर्ण रूपमा हटाउनसमेत भनेका छौँ ।’

Read More
  • MBL - below news