एटीएम ह्याकिङ प्रकरण : सम्बन्धित बैंकमा मात्रै एटीएम चल्ने


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
एटीएम ह्याकिङ प्रकरण : सम्बन्धित बैंकमा मात्रै एटीएम चल्ने

१८ भदौ,काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स)ले सम्बन्धित बैंकको एटीएम तथा पस मेसिनबाट मात्रै कारोबार गर्न सर्वसाधरणलाई अपील गरेको छ ।

बुधबार एक सार्वजनिक सूचना जारी गर्दै कम्पनीले चिनियाँ हृयाकरको आक्रमणपछि तत्कालका लागि अन्तर बैंक कारोबार गर्न नसकिएको जनाएको छ । जुन बैंकको कार्ड हो सोही बैंकको एटीएम र पीओएस मेसिनमा मात्रै चल्ने भएकाले सोही अनुसार नै प्रयोग गर्न ग्राहकहरुलाई आग्रह गरिन्छ,’ नेप्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ । नेप्सले आफ्नो सिस्टमले अन्तर्राष्ट्रियस्तरको मान्यता पाएको दाबी गर्दै विश्वसनीयता र सुरक्षामा शंका नगर्न आग्रह समेत गरेको छ ।

Read More
  • MBL