आठ दशकको बैंकिङ बजार : प्राविधिक फड्कोको चरणमा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आठ दशकको बैंकिङ बजार : प्राविधिक फड्कोको चरणमा

नेपालकै अति विकट मानिने डोल्पाको शे–फोक्सुन्डो गाउँपालिकाका बासिन्दाले आप्mनै ठाउँमा बैंक आउला भनेर सायदै कल्पना गरेका थिए । समुद्री सतहदेखि ४ हजार २ सय मीटर उचाइमा रहेको उक्त ठाउँमा यातायात, सञ्चार तथा विद्युत् आपूर्तिको समेत चरम अभाव हुने गर्छ । त्यस्तो ठाउँमा बैंकको शाखा स्थापना हुनु आफैमा चुनौतीपूर्ण थियो ।

तर प्रभु बैंकले त्यस्ता चुनौतीलाई पार गर्र्दैै गत साउन २० गते उक्त गाउँपालिकामा शाखा कार्यालय स्थापना ग¥यो । यातायातको सुविधा नभएको उक्त गाउँमा बैंकले आवश्यक सामग्री हेलिकोप्टर मार्फत ढुवानी गरेर शाखा स्थापना गरेको थियो । बैंकका अनुसार सामग्री खरीदमा भन्दा पनि त्यसको ढुवानीमा बढी खर्च भएको छ ।

उक्त ठाउँमा बैंक आफैले सौर्य ऊर्जाबाट विद्युत् निकाली ‘भी–स्याट’ प्रविधिको प्रयोग गरेर बैंकिङ सेवा सञ्चालन गरेको छ । यसरीआफ्नै ठाउँमा बैकिङ सुविधा पाउँछु भनेर कल्पना पनि नगरेका शे–फोक्सुन्डोवासीलाई प्रभु बैंक अत्याधुनिक प्रविधि सहितको बैंकिङ सेवा प्रदान गर्न सफल भएको छ । यद्यपि यति ठूलो लगानीमा उक्त ठाउँमा बैंकको व्यवसाय कस्तो होला, त्यो भने हेर्न बाँकी नै छ ।

Read More
  • MBL - below news