किसान माइक्रोफाइनान्सको २४% बोनस, कर तिर्न नगद पनि


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
किसान माइक्रोफाइनान्सको २४% बोनस, कर तिर्न नगद पनि

काठमाडौं : किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले २४% बोनस सेयर र कर तिर्न १.१४% नगद लाभांश दिने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले उक्त अनुपातमा लाभांश दिने निर्णय गरेको हो । यो लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ । 
 
अघिल्लो वर्ष भने किसानले २९% बोनस र १.५३% नगद लाभांश दिएको थियो । हाल कम्पनीको चुक्ता पुँजी ८ करोड ६० लाख ९ हजार रुपैयाँ रहेको छ । बोनस सेयर वितरणपछि पुँजी १० करोड ६६ लाख ५१ हजार २८० रुपैयाँ पुग्नेछ । कम्पनीको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ७० पैसा र प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ८८ पैसा रहेको छ ।
 

Read More
  • MBL