अनलाइन कारोबार प्रणालीमा आवद्ध हुने लगानीकर्ता बढ्दै, हालसम्म कति जोडिए ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अनलाइन कारोबार प्रणालीमा आवद्ध हुने लगानीकर्ता बढ्दै, हालसम्म कति जोडिए ?

काठमाडौं : अनलाइन कारोबार प्रणालीमा आवद्ध हुने लगानीकर्ताको संख्या दैनिक बढ्दै गएको छ । नेप्सेको एक रिपोर्ट अनुसार हालसम्म अनलाइन कारोबार प्रणालीमा जोडिने लगानीकर्ताको संख्या १५ हजार १०० जना पुगेको छ । ५० वटै ब्रोकर कम्पनीबाट लगानीकर्ताले अनलाइन प्रणाली प्रयोग गरिरहेका छन् । हालसम्म सबैभन्दा धेरै भिजन सेक्युरिटिजमार्फत १ हजार ४९१ जना लगानीकर्ताले यो सेवा लिएका हुन् ।
 
यस्तै, आर्यतारा इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिजको पनि १ हजार ३३३ लगानीकर्ताहरुले अनलाइन सुविधा लिएका छन् । सबैभन्दा थोरै आशुतोस ब्रोकरेज एन्ड सेक्युरिटिजबाट ४४ जना लगानीकर्ताले मात्र अनलाइन कारोबार सुविधा लिएका छन् । 

Read More
  • MBL - below news