बैंकको साइबर सुरक्षा सम्बन्धी निर्देशिका जारी गर्दै राष्ट्र बैंक


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बैंकको साइबर सुरक्षा सम्बन्धी निर्देशिका जारी गर्दै राष्ट्र बैंक

काठमाडौं । चिनियाँ ह्याकरको एक समूहले शनिवार नेपालका केही बैंकको डेटा ह्याक गरी विभिन्न एटीएममार्फत करोडौ रुपैयाँ झिकेको घटनापछि बैंकको साइबर सुरक्षा नियमन तर्फ नेपाल राष्ट्र बैंक सक्रिय भएको छ । 

केन्द्रीय बैंकले बैंकहरूको साइवर सुरक्षा सम्बन्धी निर्देशिका जारी गर्ने तयारी पनि शुरू गरेको छ । राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका प्रमुख बमबहादुर मिश्रका अनुसार शनिवारको घटनाको अनुसन्धान टुंगोमा पुग्नासाथ केन्द्रीय बैंकले साइबर सुरक्षा सम्बन्धी निर्देशिका ल्याउनेछ । ‘२०७२ सालको भूकम्पले घर निर्माणको मापदण्ड बनाउन सिकाएजस्तै शनिवारको घटनाले हामीलाई साइबर सुरक्षा सम्बन्धी पाठ सिकाएको छ । यो घटनालाई टुंगोमा पुर्‍याए लगत्तै बैंकको साइवर सुरक्षा सम्बन्धी कडा निर्देशन जारी गर्छाैं,’ उनले भने । शनिवारको घटनाबारे अनुसन्धान गर्न राष्ट्र बैंकद्वारा गठित समितिका संयोजक समेत रहेका मिश्रका अनुसार सो समितिले यस घटनाको प्रारम्भिक अध्ययन प्रतिवेदन मंगलवार बेलुका वा बुधवारसम्म तयार पार्नेगरी काम गरिरहेको छ । 

Read More
  • MBL - below news