सीबिआईएल क्यापिटलले डाक्यो साधारणसभा, यस्ता छन् एजेण्डा


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सीबिआईएल क्यापिटलले डाक्यो साधारणसभा, यस्ता छन् एजेण्डा

सीबिआईएल क्यापिटलले साधारणसभा डाकेको छ । क्यापिटलले असोज ६ गते सोमबार दिनको २ बजे डिल्लीबजार स्थित आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो । 

सभामा संचालक समितिको वार्षिक प्रतिवेदन पारित गर्न, वित्तीय विवरण छलफल गरी पारित गर्ने, लेखापरिक्षकको नियुक्त गरी निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् ।

सीबिआईएल क्यापिटल सिटिजन्स बैंकको सहायक कम्पनी हो ।

Read More