अवैध भिसा कार्ड प्रकरण : ५ घण्टामा १५ सयपल्ट प्रयोग


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अवैध भिसा कार्ड प्रकरण : ५ घण्टामा १५ सयपल्ट प्रयोग

काठमाडौँ — एटीएम प्रणाली नै ह्याक गरेर काठमाडौंका ९ विभिन्न बैंकका अवैध भिसा कार्डमार्फत सवा करोडभन्दा धेरै रकम चोरीमा संलग्न ५ चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरी परिसर काठमाडौंको विशेष टोलीले शनिबार साँझ उनीहरूलाई पक्राउ गरेको हो ।

 

चोरीमा संलग्न अन्य तीन चिनियाँ फरार छन् । प्रहरीले पक्राउ परेका चिनियाँको साथबाट १ करोड २६ लाख रुपैयाँ मात्र बरामद गरेको छ ।

शुक्रबार काठमाडौं आएका उनीहरूले शनिबार ५ घण्टामा १५ सय पटक कार्ड प्रयोग गरेको पाइएको छ । चिनियाँहरू नबिल, नेपाल एसबीआई र नेपाल इन्भेस्टमेन्ट बैंकको एटीएम बुथ प्रयोग गरेका छन् । रकम झिक्न प्रभु, एनआईसी एसिया, सिद्धार्थ, जनता, ग्लोबल आईएमई र सनराइज बैंकको एटीएम कार्ड प्रयोग भएको छ ।

Read More
  • MBL - below news