फाइभ–जी प्रविधिले चीनमा २० खर्ब दश अर्ब अमेरिकी डलर वृद्धि हुने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
फाइभ–जी प्रविधिले चीनमा २० खर्ब दश अर्ब अमेरिकी डलर वृद्धि हुने

साङ्घाई । सन् २०२० देखि २०२५ सम्ममा चीनको डिजिटल अर्थतन्त्रलाई नयाँ फाइभ–जी प्रविधिका कारण निकै वृद्धि गर्ने प्राविधिक विज्ञहरूले शनिबार बताएका छन् । 

उनीहरूले आगामी पाँच बर्षमा डिजिटल प्रविधि क्षेत्रको आम्दानीमा २० खर्ब दश अर्बले अमेरिकी डलर वृद्धि हुने बताएका हुन् ।

चिनियाँ सूचना तथा प्रविधि मन्त्रालय अन्तर्गतको एक प्राविधिक केन्द्रका उप निर्देशक वाङ झिकिनले शनिबार साङ्घाईमा भएको वल्र्ड आर्टिफिसियल इन्टेलिजेन्स कन्फरेन्स–२०१९ को शनिबार सम्पन्न सभामा उक्त भनाई राखेका हुन् ।

वाङले भने, ‘फाइभ–जी प्रविधिले चीनको सूचना उद्योगमा थप उल्लेख्य योगदान गर्ने अपेक्षा चिनियाँ प्राविधिकहरूले गरेका छन् । उनीहरूले आगामी पाँच बर्षमा ३० खर्ब ३० अर्ब युआनका दरले प्रतिबर्ष आम्दानीमा वृद्धि हुनेछ ।’

Read More
  • MBL - below news