काठमाडौं : वोमी लघुवित्त वित्तीय संस्थाको १००% हकप्रद सेयरमा आवेदन दिने बुधबार (भदौ ११ गते) अन्तिम दिन हो । बुधबार कार्यालय समयसम्म यसमा आवेदन दिइसक्नुपर्नेछ । वोमीले साउन ९ गतेदेखि १००% हकप्रद खुला गरेको हो । कम्पनीले हाल कायम १० करोड १० लाख ८८ हजार रुपैयाँ चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।
हकप्रद सेयर निष्कासनका लागि वोमीले असार २७ गते बुक क्लोज गरेको थियो । तर, नागरिक लघुवित्तसँग मर्जर प्रक्रियामा रहेका कारण फागुन २६ गतेदेखि वोमीको सेयर कारोबार बन्द छ । फागुन २५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रद भर्न सक्नेछन् । यसको बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ ।








