बैंक अफ कोरियाले नेपालको वित्तीय साक्षरताबारे अध्ययन गर्दै


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बैंक अफ कोरियाले नेपालको वित्तीय साक्षरताबारे अध्ययन गर्दै

बैंक अफ कोरिया र युनिभर्सिटी अफ कोरियाको संयुक्त अनुसन्धान टोलीले नेपालको वित्तीय समावेशीकरण तथा वित्तीय साक्षरता र यससम्बन्धी नीतिबारे अनुसन्धान गर्ने भएको छ । नेपाल राष्ट्र बैंक र बैंक अफ कोरियाबीच ‘बैंक अफ कोरिया–नलेज पार्टनरशीप प्रोग्राम’ गर्न समझदारी भएको हो । 

यसै आर्थिक वर्षमा सो कार्यक्रम सञ्चालन गर्न दुई बैंकबीच मंगलवार राजधानीमा आयोजित एक समारोहमा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेको छ । समझदारीपत्रमा राष्ट्र बैंकका तर्फबाट गभर्नर कार्यालयका निर्देशक गोविन्दप्रसाद नागिला र बैंक अफ कोरियाका अन्तरराष्ट्रिय मामिला विभागका डेपुटी डाइरेक्टर जनरल जी योंग जंगले हस्ताक्षर गरेका थिए । 

अनुसन्धानपछि टोलीले अन्तरिम र अन्तिम (विस्तृत) गरी दुई चरणमा नीतिगत  सुझावसहितको प्रतिवेदन पेश गर्ने बताइएको छ । सो अध्ययनपछि नेपालको वित्तीय साक्षरता अभियान विस्तार गर्न महत्त्वपूर्ण सुझाव पाइने राष्ट्र बैंकको अपेक्षा छ । यस्तो कार्यक्रमबाट दुई बैंकमा भएका  नीतिगत अभ्यासको ज्ञान आदानप्रदानमा मद्दत पुग्ने बताइएको छ ।  

 

Read More
  • MBL - below news