आईपिओ निष्काशनमा बुक विल्डिङ्ग: यस्तो छ अन्तर्राष्ट्रिय अभ्यास, नेपालमा कुन आउदै ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
आईपिओ निष्काशनमा बुक विल्डिङ्ग: यस्तो छ अन्तर्राष्ट्रिय अभ्यास, नेपालमा कुन आउदै ?

नेपालको प्राथमिक बजारमा बुक विल्डिङ्ग विधि कार्यान्वयनमा ल्याउने सम्बन्धमा लामो समयदेखि चर्चा हुँदै आएको छ । बुक बिल्डिङ्ग र यसको महत्वबारे यसभन्दा अगाडि सभा, गोष्ठी र लेखहरूमाफर्त विचार विमर्श पनि भएका छन् । यी विचार विमर्शहरूबाट बुक बिल्डिङ्ग विधि भन्नाले योग्य संस्थागत लगानीकर्ताहरूको मागको आधारमा प्राथमिक बजारमा निष्काशन गरिने धितोपत्रको वास्तविक एवं न्यायोचित मूल्य निर्धारण विधि हो भन्ने प्रष्ट भईसकेको छ । धितोपत्र बजारमा विभिन्न क्षेत्रका कम्पनीहरूको सहभागिता रहेमा मात्र धितोपत्र बजारले देशको आर्थिक स्थिति यर्थाथ रूपमा प्रतिबिम्बित गर्न सक्छ भन्ने मान्यतालाई लागू गर्न अन्य क्षेत्रका कम्पनीहरू खास गरी वास्तविक क्षेत्रका कम्पनीहरूलाई धितोपत्र बजारमार्फत् पूँजी परिचालन गराउन बुक बिल्डिङ्ग विधि महत्वपूर्ण माध्यम हुनसक्ने भएकोले नेपालको प्राथमिक बजारमा यसको कार्यान्वयन अपरिहार्य भइसकेको छ ।

यस लेखमा बुक बिल्डिङ्ग विधि सम्बन्धमा कानूनी व्यवस्था, विभिन्न मुलुकहरूमा भएको यसको सफल कार्यान्वयन तथा नेपालको प्राथमिक बजारमा बुक बिल्डिङ्ग विधिको कार्यान्वयनका लागि हुनुपर्ने संरचनात्मक सुधार एवं कानूनी व्यवस्थाहरू सम्बन्धमा छलफल गर्ने प्रयास गरिएको छ ।

बुक विल्डिङ विधि सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यास ः

अमेरिकाबाट प्रकाशन हुने Review of Financial Studies मा सन् २००० मा प्रकाशित एक अध्ययन प्रतिवेदन अनुसार त्यस समयमा फ्रान्स, जर्मनी, फिनल्याण्ड, जापान अमेरिका, अर्जेन्टिना, ब्राजिल, न्यूजिल्याण्ड लगायतका विश्वका ४० भन्दा बढी देशका धितोपत्र बजारमा बुक बिल्डिङ्ग विधिलाई प्रयोग गरिएको उल्लेख गरिएको छ । बुक विल्डिङ्ग पद्धतिका सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यास देहाय अनुसार प्रस्तुत गरिएको छः

भारत ः छिमेकी देश भारतमा प्राथमिक निष्काशनमा लगानी गर्ने लगानीकर्ताहरूलाई Retail Individual Investor -RII_, Non-Institutional Bidders (NIB) / Qualifi ed Institutional Bidders -QIB_गरी तीन श्रेणीमा विभाजन गरिएको र प्राथमिक निष्काशनको रकममध्ये  RII लाई ३५ प्रतिशत,NII लाई १५ प्रतिशत र QIB लाई ५० प्रतिशत छुट्याइन्छ ।

भारतमा प्राथमिक निष्काशन दुई तरिकाबाट गरिन्छः

....

Read More