काठमाडौं : नागरिक लगानी कोषको २४ औं वार्षिक साधारण सभा भदौ ३० गते हुने भएको छ । सभामा कोषले २३.१६% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । कोषले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट २२% बोनस सेयर र कर तिर्न १.१६% नगद लाभांश दिन लागेको हो । साधारण सभा कार्की ब्यांकेट बबरमहल, काठमाडौंमा बिहान ११.३० बजे सुरु हुनेछ ।
आर्थिक वर्ष २०४–७५ को वार्षिक प्रतिवेदन र सोही वर्षको नाफा–नोक्सान सहितका हिसाबकिताबको प्रतिवेदन पनि पेश गरिनेछ । साधारण सभा गर्न नागरिक लगानी कोषले भदौ १९ गते बुक क्लोज गर्दैछ । भदौ १८ गतेसम्म कायम रहने सेयरधनी मात्र कोषले वितरण गर्ने लाभांशको हकदार हुनेछन् ।





