रु रु हाइड्रोले प्रिमियममा आईपिओ जारि गर्ने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
रु रु हाइड्रोले प्रिमियममा आईपिओ जारि गर्ने

रु रु जलविद्युत परियोजना लिमिटेडले साधारणसभा डाकेको छ। कम्पनीले भदौ ३० गते सोमबार बानेश्वरको इन्द्रेणी फुडल्याण्डमा सभा आह्वान गरेको हो ।

कम्पनीले सभामा लाभांश प्रस्ताव पारित गर्ने, बार्षिक प्रतिवेदन, वित्तीय विवरण छलफल गरी पारित गर्ने र लेखापरिक्षकको नियुक्ति  गर्ने सामान्य प्रस्ताव पेश  गर्ने छ। त्यस्तै कम्पनीले स्थानीय र सर्वसाधारणलाई प्रिमियम सहित आईपिओ जारि गर्ने प्रस्ताव समेत सभामा पेश गर्ने भएको छ । 

कम्पनीले ५ मेगावाटको माथिल्लो हुग्दीखोला आयोजना संचालन गरिरहेको छ  । रु रु परियोजनाले निर्माण गरेको माथिल्लो हुग्दीले २०७१ चैतबाट नियमित विद्युत उत्पादन गर्दै आएको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५ मा हुग्दीकाे विद्युत बिक्रीबाट ३ करोड २६ लाख ३९ हजार ४ सय ८० रुपैयाँ खुद नाफा कमाएको छ । 

Read More