साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा सामान्य गिरावट देखिएको छ। यसदिन कारोबार रकम अघिल्लो दिनको तुलनामा ३ करोड रुपैयाँले घटेको छ। १२१४ बिन्दुमा खुलेको बजार परिसूचक दिउँसो १ बजेसम्ममा बढेर १२२०.७२ मा पुगेपनि वृद्धि टिक्न नसक्दा ०.९९ अंकले घटेर १२१३.०६ बिन्दुमा झरेको हो।
बिहीबार १७२ वटा कम्पनीको १० लाख ७७ हजार कित्ता शेयर २६ करोड १६ लाख रुपैयाँमा खरीद बिक्री भयो। अघिल्लो दिन मंगलबार २९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो
बिहीबार कारोबारमा आएका १२ उपसमूहका सूचकमध्ये ४ वटा सकारात्मक देखिए भने अन्य ८ वटा सूचक नकारात्मक देखिए। यस दिन बिशाल बजार कम्पनीको शेयरमूल्य घट्दा व्यापार समूहको सूचक सबैभन्दा धेरै १.७ प्रतिशतले घटेको छ।





