सबैको लघुवित्त वित्तीय संस्थाको भदौ ५ गते बिहीबारदेखि नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार खुलेको छ । कम्पनीले बुधबार शेयर कारोबारका लागि सूचीकरण गराएसँगै बिहीबारबाट लघुवित्तको शेयर कारोबारमा आएको हो।
नेप्सेले सबैको लघुवित्तको शेयर कारोबारका लागि एसएबिएसएल (SABSL) कारोबार संकेत प्रदान गरेको छ ।
बिहीबारबाट लघुवित्तको यहि सिम्बोलमा शेयर कारोबार हुनेछ । यसैगरि नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता १०० रुपैयाँ ८८ पैसादेखि अधिकतम ३०२ रुपैयाँ ६४ पैसासम्मको ओपनिङ्ग कारोबार रेञ्ज प्रदान गरेको छ ।





