राष्ट्रिय स्तरका विकास बैंकको नाफा : कुनले कति कमायो ?


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
राष्ट्रिय स्तरका विकास बैंकको नाफा : कुनले कति कमायो ?

गत आर्थिक वर्षमा राष्ट्रिय स्तरका विकास बैंकहरुको खुद मुनाफा छ अर्ब १८ करोड भन्दा माथि पुगेको छ । विकास बैंकहरुको नाफा अघिल्लो आर्थिक वर्ष २०७४/०७५ को भन्दा ३२.८८ प्रतिशत बढेको हो । अघिल्लो आर्थिक वर्षमा राष्ट्रिय स्तरका ११ विकास बैंकको खुद मुनाफा चार अर्ब ६५ करोड रुपैयाँ थियो । कामना सेवा विकास बैंकबाहेक सबैको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ । तुलनात्मक प्रगति हेर्दा, अघिल्लो आर्थिक वर्षको तुलनामा महालक्ष्मी विकास बैंकको नाफा वृद्धिदर धेरै रहेको छ । मुनाफा आर्जनका हिसाबले भने मुक्तिनाथ विकास बैंक अगाडी रहेको छ । सबैभन्दा कम नाफा कामना सेवाको छ ।

मुक्तिनाथ विकास बैंक 
मुक्तिनाथ विकास बैंकले ८५ करोड ३२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा ३६.९९ प्रतिशतले बढेको हो । बैंकको वितरणयोग्य मुनाफा भने ५८ करोड ६९ लाख रहेको छ । यस हिसाबले बैंकले लगानीकर्तालाई १९ प्रतिशत सम्म लाभांश दिन सक्ने देखिन्छ ।

महालक्ष्मी विकास बैंक 
महालक्ष्मी विकास बैंकले ८० करोड ७५ लाख मुनाफा आर्जन गरेको छ । बैंकको नाफा ७८.६० प्रतिशतले बढेको हो ।

गण्डकी विकास बैंक 
गण्डकी विकास बैंकले ६० करोड ३७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा २४.८७ प्रतिशतले बढेको हो । बैंकको वितरणयोग्य मुनाफा भने ४७ करोड ६३ लाख रहेको छ । यस हिसाबले बैंकले लगानीकर्तालाई १७ प्रतिशतसम्म लाभांश दिन सक्ने देखिन्छ ।

कैलाश विकास बैंक 
कैलाश विकास बैंकले ६० करोड ५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा १९.६४ प्रतिशतले बढेको हो । बैंकको वितरणयोग्य मुनाफा भने ४६ करोड रहेको छ । यस हिसाबले बैंकले लगानीकर्तालाई १८ प्रतिशतसम्म लाभांश दिन सक्ने देखिन्छ ।

ओम डेभलपमेन्ट बैंक
ओम डेभलपमेन्ट बैंकले ५९ करोड ९५ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ५१.८७ प्रतिशत बढी हो । बैंकको वितरणयोग्य नाफा भने ४५ करोड ७३ लाख रुपैयाँ रहेको छ । यस हिसाबले बैंकले १८ प्रतिशतसम्म लाभांश बाँड्न सक्ने देखिन्छ ।

गरिमा विकास बैंक 

...........

Read More
  • MBL