हिमाल दोलखा हाइड्रोपावरको आइपीओ अपराह्न ४ बजे बाँडफाँट हुँदै


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
 हिमाल दोलखा हाइड्रोपावरको आइपीओ अपराह्न ४ बजे बाँडफाँट हुँदै

 

काठमाडौं -हिमाल दोलखा हाइड्रोपावर कम्पनीको आइपीओ आज (बिहीबार) अपराह्न ४ बजे बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय जमलमा अपराह्न ४ बजे आइपीओ बाँडफाँट हुने जनाएको छ । 

असार २५ देखि ७६ लाख ७२ हजार २१० कित्ता आइपीओ बिक्री खुल्ला गरेको थियो । कम्पनीले जारी गरेको आइपिओमध्ये १ लाख ५३ हजार ४४४ कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरी २५ हजार कित्ता म्युचुअल फन्डहरुलाई बाँडफाँट गरिएको थियो । बाँकी ७४ लाख ९३ हजार ७६६ कित्ता सेयरमा सर्वसाधारणलाई छुटाईएको थियो  ।

Read More