‘बैंकले सेयर ब्रोकर लाइसेन्स पाउँछन्’


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
‘बैंकले सेयर ब्रोकर लाइसेन्स पाउँछन्’

काठमाडौँ — बैंकको सहायक कम्पनीले सेयर ब्रोकरको लाइसेन्स पाउने संघीय संसद्को अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले बताएका छन् । केही समयका लागि नेप्सेले प्रक्रिया स्थगित गरे पनि बैंकलाई ब्रोकर लाइसेन्स वितरण नरोकिने उनले बताए । 

सेयर बजारको समग्र स्थिति अध्ययन गर्न अर्थ समितिले एक उपसमिति गठन गरेको जानकारी दिँदै उनले भने, ‘हामीले उपसमिति गठनबारे नेप्सेलाई जानकारी गराएका हौं, हाम्रो पत्रको सम्मान गरी लाइसेन्स वितरण प्रक्रिया स्थगित गरेछ ।’

त्यही कुरा अध्ययन गर्न उपसमिति गठन भइरकेकाले त्यसको प्रतिवेदन नआउनसम्मका लागि लाइसेन्स वितरण प्रक्रिया स्थगित हुनु स्वाभाविक भएको उनको भनाइ छ । ‘बैंकलाई सेयर दलालको लाइसेन्स दिने विषयमा अर्थ समितिको कुनै विरोध छैन, हुनुपर्ने कारण पनि छैन,’ उनले भने, ‘लाइसेन्स वितरण गर्नुअघि नियमन र सुपरिवेक्षणलाई प्रभावकारी बनाउनुपर्छ भन्ने हो ।’

Read More