राष्ट्रिय वाणिज्य बैंकको भरतपुर शाखामा भीषण आगलागी, कति भयो क्षति ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
 राष्ट्रिय वाणिज्य बैंकको भरतपुर शाखामा भीषण आगलागी, कति भयो क्षति ?

 

भरतपुर - राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको चितवन शाखामा आगलागी भएको छ । भरतपुरको चौबीसकोठीमा रहेको राष्ट्रिय बाणिज्य बैंकमा सोमबार बिहान आगलागी भएको हो । बैकका शाखा प्रबन्धक इन्द्रमोहन न्यौपानेले दिएको जानकारी अनुसार आगलागीबाट भएको क्षतिको विवरण भने खुलेको छैन ।

 

आगलागी भरतपुर महानगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । उनका अनुसार विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने अनुमान गरिएको छ ।

Read More
  • MBL - below news