साताको पहिलो कारोबारको दिन आइतवार नेप्से कारोबार भएको तेस्रो घण्टामा ८ दशमलव ७३ अंक घटेर १ हजार २१५ दशमलव ३० विन्दुमा पुगेको छ । १ हजार २२३ दशमलव ५१ विन्दुबाट शुरु भएको परिसूचक कारोबारको पहिलो एक घण्टामा थोरै अंकले बढेपनि सो पछि निरन्तर रुपमा घटिरहेको छ ।
आइतवार तेस्रो घण्टासम्म कारोबारमा आएका १४७ कम्पनीको रू. २० करोड २३ लाख बराबरको शेयर कारोबार भएको छ । कारोबारमा आएका ११ समूहको परिसूचकमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक बाहेक सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो ।





