ग्लोबल आइएमई लघुवित्तको ३५% बोनस, कर तिर्न नगद समेत


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
ग्लोबल आइएमई लघुवित्तको ३५% बोनस, कर तिर्न नगद समेत
काठमाडौं : ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले ३५% बोनस सेयर दिने भएको छ । यस लघुवित्तले बोनसमा लाग्ने कर तिर्न १.८४% नगद पनि दिनेछ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले ३ करोड ८६ लाख ६० हजार १२५ रुपैयाँ बराबरको बोनस सेयर र २० लाख ३४ हजार ७४३ रुपैयाँ नगद (कर तिर्न) वितरण गर्ने निर्णय गरेको हो । 
 
अब नियामक राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाइ लाभांश वितरण प्रक्रिया अघि बढाइनेछ ।  हाल यस लघुवित्तको चुक्ता पुँजी १८ करोड ७८ लाख ६३ हजार रुपैयाँ छ । कम्पनीले साउन २१ गतेबाट ११ लाख ४ हजार ५७५ कित्ता (१००%) हकप्रद सेयर बिक्री खुला गरेको छ ।

हकप्रद र बोनसपछि चुक्ता पुँजी थप माथि जानेछ । ग्लोबल आइएमई लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमासमा  ६ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ६१ रुपैयाँ ६२ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ छ ।
Read More