स्याडो बैंकिङ : स्याडो बैंकिङले अर्थतन्त्रमा पर्ने प्रभाव र अबस्था


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
स्याडो बैंकिङ : स्याडो बैंकिङले अर्थतन्त्रमा पर्ने प्रभाव र अबस्था

वित्तीय कारोबार गर्ने बैंकिङ क्षेत्रभन्दा बाहिरका संस्थाहरुलाई छायाँ (स्याडो) बैंकिङ भनिन्छ । यस्ता संस्थाहरुले ठुलो मात्रमा वित्तीय कारेबार गरिरहेका हुन्छन् । नेपालमा स्याडो बैंकिङको नियमनकोे लागि छुटै निकाय छैन । हाल स्याडो बैंकिङको नियमन अर्थमन्त्रालयले नै गरिरहेको छ । 

नेपालमा स्याडो बैंकिङमार्फत ठुलो मात्रामा पुँजी परिचालन भइरहेको छ । कर्मचारी संचयकोष नागरीक लगानी कोष र सरुकारले हालै मात्र लागु गरेको सामाजिक सुरक्षा कोष स्याडो बैंकिङको कारेबार गर्ने ठुला संस्थाहरु हुन् । यी विभिन्न स्याडो बैकिङको कारोबार गर्ने संस्थाहरुले नेपालमा अर्बौँ रकमको कारोबार गरीरहेका छन् । यसरी स्याडो बैंकिङको काम गर्ने संस्थाहरुमा जम्मा भएको पुँजी बैंक खातामा नै जम्मा भएमा बैंकहरुले निक्षेपको रुपमा परिचालन गर्न पाउँछन् । यस्तो भएमा बैंकिङ क्षेत्रका लागि खासै चुनौति देखिँदैन । यसका अलवा यि संस्थाहरुले उत्पादनमुलक तथा पुर्वाधारको क्षेत्रमा लगानी गरेमा पनि पुँजी निर्माण सघाउ पुग्दछ । पुँजी निर्माण हुनु भनेको निक्षेपको लागि पनि बाटो खुल्नु हो । 

तर नेपालमा पछिल्लो समय नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई अनुपादक क्षेत्रमा गर्ने लगानीमा कडाई गरेको कारण अनुत्पादक क्षेत्रमा स्याडो बैंकिङको लगानी बढ्न थालेको छ । यदि यस्ता विभिन्न कोषको पुँजी अनुत्पादक क्षेत्रमा लगानी भएमा त्यो देशको दिगो आर्थिक बृद्धिको लक्षमा बाधक पुग्ने निश्चित छ । छायाँ बैंकिङको क्षेत्र विस्तार हुँदै जाँदा यस्तो कारोबार गर्ने संस्थाको छुट्टै नियामक अत्यावश्यक रहेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् । बैंकिङ क्षेत्रले लगानीयोग्य पुँजीको चरम संकट खेपिरहेको छ । उत्पादन क्षेत्रमा लगानी विस्तार गर्नुपर्ने समयमा बैंकिङ क्षेत्रले लगानी गर्न नसकिरहेको यो अवस्थामा गैर बैंकिङ क्षेत्र अर्थात् छायाँ बैंकिङको लागानी पनि उत्पादन क्षेत्रमा भएन भने आठ प्रतिशतको उच्च आर्थिक बृद्धिको लक्ष्य हासिल गर्न मुस्किल पर्न सक्छ ।

......

Read More
  • MBL - below news