मंगलबार नेप्से परिसूचक २ दशमलव ७८ अंक घटेर १ हजार २३१ दशमलव शून्य ७ विन्दुमा बन्द भएको छ । उत्त दिन रू. ४८ करोड १६ लाख बराबरको शेयर कारोबार भएको छ ।
यस दिन कारोबारमा आएका ११ समूहमध्ये म्युचुअल फण्ड समूहको परिसूचक बाहेक बाँकी सबै समूहहरुको परिसूचक घटेर बन्द भएको छ । होटल समूहको परिसूचक सर्वाधिक १ दशमलव शून्य ९ प्रतिशत घटेर बन्द भएको छ भने जलविद्युत समूह निर्जीवन बीमा समूह र लघुवित्त समूहको परिसूचक शून्य दशमलव शून्य ९ प्रतिशत घटेको छ । यस्तै, बैंकिङ, विकास बैंक, वित्त, उत्पादन तथा प्रशोधन, अन्य र जीवन बीमा समूहहरुको परिसूचक १ प्रतिशतभन्दा कमले घटेका छन् । म्युचुअल फण्ड समूहको परिसूचक भने शून्य दशमलव शून्य १ प्रतिशत बढेर बन्द भएको छ ।
माच्छापुछ्रे बैंक र लक्ष्मी बैंकको अधिक कारोबार हुँदा कारोबार रकममा सुधार भएको हो। यस दिन १६५ कम्पनीको १८ लाख ९६ हजार ४५४ कित्ता शेयर किनबेच भएर ४८ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो।
यस्तै युनाईटेड मोदी हाइड्रोपावरको शेयरधनीले मंगलबारको कारोबारबाट सबै भन्दा धेरै ७.६२ प्रतिशतले कमाएका छन् भने वल्र्ड मर्चेन्ट र नेपाल एग्रो लघुवित्तको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले बृद्धि भएको छ ।
यता मंगलबार एनएलजी इन्स्योरेन्स शेयरमूल्य सबै भन्दा बढी ३.७२ प्रतिशतले घटेको छ । यस्तै प्रुडेन्सियल इन्स्योरेन्स, नेपाल सेवा लघुवित्त, पाँचथर पावर कम्पनी, ज्योति विकास बैंक, नेशनल हाइड्रोपावर, खानीखोला हाइड्रोपावरको शेयर मूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ ।







