लक्ष्मी भ्यालु फण्ड–१ (LVF1) ले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीलाई प्रस्ताव गरेको १५ प्रतिशत नगद लाभांश सोमबारसम्म कायम शेयरधनीले मात्र पाउनेछन्। कम्पनीले लाभांश वितरणका लागि साउन २८ गते मंगलबार बुकक्लोज गर्ने भएको हो।
यसअनुसार लाभांश पाउने बुकक्लोजको अघिल्लो दिनसम्म स्वामित्व होल्ड गरेको हुनुपर्छ। यसअनुसार साउन २७ गते सोमबारसम्म नेप्सेमा कारोबार भई कायम रहने इकाईधनीले मात्र फण्डले वितरण गर्ने लाभांश पाउनेछन्।
म्युचुअल फण्ड सञ्चालक समितिको साउन १५ गते सम्पन्न ५३ औं बैठकले आर्थिक वर्ष २०७५/०७६ को मु्नाफाबाट इकाईधनीलाई कर सहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।
...




