बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लि. (BFIN) ले प्रथम वार्षिकोत्सवको अवसरमा अन्तर्राष्ट्रिय जोखिम व्यवस्थापन तालिमको आयोजना गर्ने भएको छ । साउन २९ गते काठमाडौं स्थित होटल हायात रिजेन्सीमा आयोजना गर्न लागिएको उक्त गोष्ठीमा भारत तथा नेपालका वित्तीय क्षेत्रका विज्ञहरुवाट विषय केन्द्रित टिप्पणी प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । यस कार्यक्रमलाई नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले उद्घाटन गर्नेछन् । विहान ९ वजे देखि वेलुकी ६ वजेसम्म संचालन हुने उक्त कार्यक्रममा निम्नलिखित ३ विषयहरुमा छलफल तथा टिप्पणी गरीने कार्यक्रम रहेको छ ।
१) जोखिम व्यवस्थापनको नियामक र निरिक्षणात्मक दृष्टिकोण
यस विषयमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बम बहादुर मिश्र र बैंक तथा वित्तीय क्षेत्रका विज्ञ सुदीप खनालले कार्यपत्र प्रस्तुत गर्नेछन् । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक महेश्वरलाल श्रेष्ठले अध्यक्षता गर्ने यस सत्रमा मुख्य गरी नेपालको वित्तीय क्षेत्रमा देखिएका जोखिमहरु र केन्द्रीय बैंकले जोखिम व्यवस्थापनका लागि लिएको नीतिगत व्यवस्थाका व्यवहारिक पक्षहरु बारे व्यापक छलफल गरिनेछ ।
२) ठूला तथा साना आयोजनाहरुमा गरीने लगानीका जोखिमहरु र तिनका सुधारात्मक रणनीतिहरु
यस विषयमा भारतको सेन्ट्रल बैंक अफ इण्डिया लिमिटेडका पूर्व अध्यक्ष एस. श्रीधर तथा जनता बैंक नेपाल लि.का प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवरले कार्यपत्र प्रस्तुत गर्नेछन् । यो सत्रको अध्यक्षता नेपाल बैंकर्स संघका अध्यक्ष तथा नेपाल बंगलादेश बैंक लि.का प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले गर्नेछन् । नेपालको विकासका लागि पूर्वाधार विकास अत्यन्त महत्वपूर्ण रहेको र यस्ता ठूला परियोजनाहरुमा लगानी गर्दा अपनाउनु पर्ने प्रकृया तथा त्यसमा देखिने जोखिमहरुको मूल्यांकन गर्ने यो सत्रको उद्देश्य रहेको छ । यसै गरी साना तथा मझौला परियोजनाहरुमा लगानी गर्दा बैंकले कसरी जोखिमहरुको मूल्यांकन गर्ने भन्ने बारे पनि छलफल गर्ने यस सत्रको उद्देश्य रहेको छ ।
३) यान्त्रिक परिवर्तन र वित्तीय एवम् वीमा क्षेत्रमा देखा पर्ने जोखिमहरु
..............








