डिजिटल भुक्तानीमा उल्लेखनीय योगदान पुर्‍याएबापत हिमालयन बैंकलाई भिसाका दुई अवार्ड


  • NABIL Bank news left side ad
  • Mahalaxmi Bikas Bank Ad
  • ADBL
डिजिटल भुक्तानीमा उल्लेखनीय योगदान पुर्‍याएबापत हिमालयन बैंकलाई भिसाका दुई अवार्ड

मर्चेन्ट अक्वायरिङ र कन्ट्याक्टलेस भुक्तानीमा उत्कृष्ट योगदानको कदर

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक कम्पनी भिसाबाट डिजिटल भुक्तानी तथा मर्चेन्ट अक्वायरिङ व्यवसायमा उत्कृष्ट योगदान पुर्‍याएबापत दुई प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ।

भिसाद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ’ कार्यक्रममा बैंकलाई ‘एक्सिलेन्स इन कन्ट्याक्टलेस अक्वायरिङ’ र ‘एक्सिलेन्स इन पीओएस अक्वायरिङ बिजनेस–प्रिन्सिपल क्लाइन्ट’ विधामा सम्मानित गरिएको हो।

बैंकले कन्ट्याक्टलेस भुक्तानी प्रणालीको विस्तार तथा प्रवर्द्धनमा पुर्‍याएको योगदानका लागि ‘एक्सिलेन्स इन कन्ट्याक्टलेस अक्वायरिङ’ अवार्ड प्राप्त गरेको हो। त्यस्तै, देशभर पीओएस (प्वाइन्ट अफ सेल) टर्मिनलको सञ्जाल विस्तार र कार्डमार्फत हुने व्यावसायिक कारोबारको व्यवस्थापनमा उत्कृष्टता हासिल गरेबापत ‘एक्सिलेन्स इन पीओएस अक्वायरिङ बिजनेस–प्रिन्सिपल क्लाइन्ट’ अवार्ड प्राप्त गरेको बैंकले जनाएको छ।

नेपालमा भिसा अक्वायरिङ व्यवसायको सुरुवातदेखि नै आफू ‘नम्बर १ भिसा अक्वायरर’ का रूपमा रहँदै आएको बैंकको दाबी छ। पछिल्लो समय नेपालमा डिजिटल भुक्तानीको प्रयोग बढ्दै गएको अवस्थामा प्राप्त यी अवार्डले मर्चेन्ट अक्वायरिङ क्षेत्रमा बैंकको उपस्थितिलाई थप सुदृढ बनाएको छ।

बैंक व्यवस्थापनले उपलब्धिको श्रेय भिसा, ग्राहक, व्यावसायिक साझेदार तथा कर्मचारीलाई दिँदै आगामी दिनमा थप प्रविधिमैत्री र परिष्कृत बैंकिङ सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।

बैंकका अनुसार हाल देशभर १५७ शाखा कार्यालय, ११ विस्तारित काउन्टर, २७९ एटीएम र नौ हजारभन्दा बढी पीओएस टर्मिनल सञ्चालनमा छन्। साथै, बैंकले आठ हजार पाँच सयभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रमार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।

  • Global IME Below News
  • Siddhartha Bank