ग्लोबल आइएमई बैंक भिसाका दुई विधामा सम्मानित


  • NABIL Bank news left side ad
  • Mahalaxmi Bikas Bank Ad
  • ADBL
ग्लोबल आइएमई बैंक भिसाका दुई विधामा सम्मानित

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड भिसा इन्टरनेशनलका दुई विधामा सम्मानित भएको छ। भिसा लिडरसिप कन्क्लेभ कार्यक्रममा बैंकले ‘एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन’ र ‘एक्सिलेन्स इन भ्यालु एडेड सर्भिसेस’ अवार्ड प्राप्त गरेको हो।

ग्राहकको बदलिँदो आवश्यकता र अपेक्षाअनुसार नवीन प्रविधिमा आधारित बैंकिङ सेवा विकास तथा विस्तार गरेको भन्दै भिसाले बैंकलाई सम्मानित गरेको हो। बैंकले भिसाअन्तर्गत डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन, नवीन बैंकिङ समाधानको कार्यान्वयन तथा ग्राहक सेवाको विस्तारमा गरेको कामका लागि अवार्ड प्राप्त गरेको जनाएको छ।

ग्लोबल आइएमई बैंकले यसअघि ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरिसकेको छ। बैंकले युरोमनी अवार्ड फर एक्सिलेन्स सन् २०२२, २०२४ र २०२५ तथा ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’ र ‘बेस्ट इम्प्लोयर’ लगायतका पुरस्कार पनि प्राप्त गरेको छ।

बैंकका अनुसार, देशका सबै ७७ जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंक ग्लोबल आइएमई हो। बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १३६ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र विदेशस्थित तीन प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ। बैंकका सेवा केन्द्रको सङ्ख्या एक हजारभन्दा बढी रहेको छ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र भारतलगायतका देशबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउँदै आएको छ। बैंकले यसबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउँदै आएको जनाएको छ।

Read More
  • Global IME Below News
  • Siddhartha Bank