काठमाडौँ । अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक कम्पनी भिसाद्वारा आयोजित ‘Visa Leadership Conclave Nepal 2026’ मा कुमारी बैंक लिमिटेड दुई विधामा सम्मानित भएको छ।
बैंकले सीमापार कारोबार (Cross-Border Business) तथा उपभोक्ता क्रेडिट कार्ड व्यवसाय (Consumer Credit Cards Business Principal Client) क्षेत्रमा हासिल गरेको उत्कृष्ट कार्यसम्पादनका आधारमा उक्त सम्मान प्राप्त गरेको हो।
कुमारी बैंकले लगातार तीन वर्षदेखि ‘Excellence in Cross-Border Business’ र ‘Excellence in Consumer Credit Cards Business Principal Client’ विधामा सम्मान प्राप्त गर्दै आएको जनाएको छ। यी सम्मानले अन्तर्राष्ट्रिय भुक्तानी सेवा विस्तार, सीमापार कारोबार प्रवर्द्धन तथा ग्राहककेन्द्रित कार्ड सेवामा बैंकले हासिल गरेको प्रगतिलाई प्रतिबिम्बित गर्छन्।
डिजिटल भुक्तानी प्रणालीको बढ्दो प्रयोगसँगै बैंकले आफ्ना ग्राहकलाई सुरक्षित, सहज र आधुनिक भुक्तानी सेवा उपलब्ध गराउँदै आएको छ। विशेषगरी भिसा कार्डमार्फत प्रदान गरिने सेवा तथा अन्तर्राष्ट्रिय कारोबारसम्बन्धी सुविधालाई थप प्रभावकारी बनाउने दिशामा बैंकले काम गरिरहेको जनाएको छ।
बैंकले स्थापनाकालदेखि नै आधुनिक प्रविधिमा आधारित बैंकिङ सेवालाई प्राथमिकता दिँदै डिजिटल बैंकिङ, कार्ड सेवा तथा विद्युतीय भुक्तानी प्रणालीको विकास र विस्तारलाई निरन्तरता दिँदै आएको छ।
२५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभर २७९ शाखा, २९५ एटीएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ। बैंकले डिजिटल बैंकिङ तथा भुक्तानी सेवाको पहुँच विस्तार गर्दै वित्तीय समावेशीकरणमा समेत योगदान पुर्याउँदै आएको जनाएको छ।







