महालक्ष्मी विकास बैंकद्वारा जेहेन्दार विद्यार्थीलाई ५० हजार रुपैयाँको छात्रवृत्ति प्रदान


  • NABIL Bank news left side ad
  • Mahalaxmi Bikas Bank Ad
  • ADBL
महालक्ष्मी विकास बैंकद्वारा जेहेन्दार विद्यार्थीलाई ५० हजार रुपैयाँको छात्रवृत्ति प्रदान

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत झापाकी एक जेहेन्दार विद्यार्थीलाई ५० हजार रुपैयाँको छात्रवृत्ति प्रदान गरेको छ।

बैंकले स्वर्गीय सीताराम प्रसाईको स्मृतिमा स्थापना गरेको ‘सिताराम प्रसाई महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति’ श्री सिताराम सामुदायिक अंग्रेजी विद्यालय, मेचीनगर–१४, झापामा अध्ययनरत छात्रा मुस्कान खातुनलाई प्रदान गरेको हो।

सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार, विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त छात्रवृत्ति स्थापना गरिएको बैंकले जनाएको छ।

विद्यालयमा आयोजित एक कार्यक्रमका बीच बैंकका शाखा प्रबन्धकले विद्यालयका प्रधानाध्यापकमार्फत छात्रा खातुनलाई ५० हजार रुपैयाँ बराबरको छात्रवृत्ति हस्तान्तरण गरेका थिए।

यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमले आर्थिक अभावका कारण विद्यार्थीको अध्ययन प्रभावित हुने अवस्थालाई न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

यसैबीच, बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ।

  • Global IME Below News
  • Siddhartha Bank