काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मकवानपुरको मनहरी गाउँपालिका–४, चिसापानीस्थित श्री चेपाङ प्राथमिक विद्यालयका १३० जना विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत हेटौँडा शाखाको पहलमा विद्यार्थीलाई ट्र्याकसुट तथा शैक्षिक सामग्री प्रदान गरिएको हो।
कार्यक्रममा बैंकका वीरगञ्ज–चितवन सबक्लस्टर प्रमुख रूपक मैनाली, हेटौँडा शाखा प्रबन्धक बिनेश कार्कीलगायत बैंकका कर्मचारी तथा विद्यालयका शिक्षकहरूको उपस्थिति थियो।
विद्यार्थीलाई आवश्यक पोशाक तथा शैक्षिक सामग्री उपलब्ध गराउँदा उनीहरूको पठनपाठनमा सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ। बैंकले वित्तीय सेवा प्रवाहसँगै शिक्षा, सामाजिक विकास तथा समुदायको आवश्यकतालाई लक्षित गर्दै विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
बैंकका अनुसार हाल देशभर १०९ शाखा कार्यालय र ३० एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई प्राथमिकता दिँदै आगामी दिनमा सेवा विस्तार गर्ने बैंकले जनाएको छ।







