एनएमबि बैंक लिमिटेडले आफ्नो अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा विस्तार गर्न भिजा (Visa) सँग "भिजा डाइरेक्ट टू एकाउन्ट" (Visa Direct to Account) सेवाका लागि सम्कौता गरेको छ। भिजाको यो प्रविधि विश्वका १९५ भन्दा बढी देश तथा क्षेत्रहरूमा सफलतापूर्वक सञ्चालनमा आइसकेको छ।
यस सम्कौता पश्चात् एनएमबि बैंकका ग्राहकहरूलाई विदेशमा रकम पठाउने नयाँ र सहज विकल्प प्राप्त हुनेछ। यो प्रविधि प्रयोग गरी ग्राहकहरूले कन्कटविना अक भरपर्दो र सुरक्षित रुपमा रकम स्थानान्तरण गर्न सक्नेछन्।
एनएमबि बैंकले हाल देशभरी १९७ शाखाहरु, १७६ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय बैकिङ्ग सेवा प्रदान गदै आइरहेको छ।








