सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरुको तत्कालको वित्तिय आवश्यकतालाई सहज र सर्वसुलभ सम्बोधन गर्ने उद्देश्यका साथ सेयर धितो कर्जाको लागि अनलाइन आवेदन सेवा संचालनमा ल्याएको छ जस अन्तर्गत गाह्नकहरुले आफ्नो सेयरहरु धितो राखी बैंकबाट आवश्यक कर्जा रकम प्राप्त गर्न सक्नुहुनेछ।
यस सेवा अन्तर्गत ग्राहकहरुद्धारा बैंकको मोबाइल बैंड्गिक एप (BankSmart XP >Easy Loan> Loan Services>Loan Against Share) मार्फत सेयर धितो कर्जाका लागि सजिलै अनलाइन आवेदन दिन सकिनेछ। साथै गाह्नकहरुले आफनो कुल धितो रहने सेयरको मुल्यांकनका आधारमा ७० प्रतिशत सम्म सेयर धितो कर्जा सहजै लिन सक्नुहुनेछ। यस सुविधा मार्फत ग्राहकहरुले आफनो व्यक्तिगत तथा व्यवसायिक आवश्यकता सहज रुपमा पूरा गर्न सक्नुहुनेछ भन्ने विस्वास बैंकले लिएको छ।
ग्राहकहरुलाई छिटो, सुरक्षित तथा भरपर्दो वित्तिय सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको सेयर धितो कर्जा सेवा सिद्धार्थ बैंकको सबै शाखाहरुमा उपलब्ध छ।








