काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सोमबार बिहान ९ बजेसम्म विभिन्न बैंकका खातामा गरी कोषमा कुल १८ अर्ब ९ करोड ३२ लाख ३६ हजार ८५२ रुपैयाँ मौज्दात रहेको छ।
कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नौ वटा वाणिज्य बैंकमा रहेका खातामा १३ अर्ब ४८ करोड ४ लाख २९ हजार ६४ रुपैयाँ मौज्दात छ। त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकका खातामा ३ करोड ४ लाख ९१ हजार ४४४ अमेरिकी डलर रहेको छ।








