ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेष्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेष्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन ग्लोबल फाइनान्स बाट प्रदान गरिने सन् २०२६ को ‘बेष्ट बैंक नेपाल’ अवार्ड प्राप्त गरेको छ। यससँगै बैंकले लगातार तेस्रो वर्ष उक्त अवार्ड जितेको छ। बैंकले सन् २०२४ र २०२५ मा पनि यही विधामा अवार्ड प्राप्त गरेको थियो।

थाइल्याण्डको राजधानी बैंककमा आयोजित विशेष समारोहमा ग्लोबल फाइनान्स का प्रतिनिधिले बैंकका नायब प्रमुख कार्यकारी अधिकृतद्वय सुमन पोखरेल र दीपचन्द्र रेग्मीलाई अवार्ड हस्तान्तरण गरेका थिए।

ग्लोबल फाइनान्स का अनुसार वित्तीय स्रोत परिचालन क्षमता, संस्थागत विश्वसनीयता, भौगोलिक तथा डिजिटल पहुँच विस्तार, रणनीतिक व्यावसायिक साझेदारी, ग्राहककेन्द्रित नवप्रवर्तन, अत्याधुनिक प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग, दिगो कर्जा प्रवाह र जोखिम व्यवस्थापनलाई मूल्याङ्कनका प्रमुख आधार बनाइएको थियो।

समारोहमा एसिया–प्रशान्त क्षेत्रसहित विश्वका विभिन्न देशका प्रमुख वित्तीय संस्थालाई विभिन्न विधामा सम्मान गरिएको थियो। सम्मानित संस्थामा हङकङको बैंक अफ चाइना, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको आइसीबीसी, मलेसियाको यूओबी मलेसिया, बङ्गलादेशको सिटी बैंक र जापानको एमयूएफजी बैंकलगायत रहेका थिए।

ग्लोबल आइएमई बैंकले यो सम्मानले ग्राहकलाई थप गुणस्तरीय सेवा प्रदान गर्न प्रोत्साहन मिलेको जनाएको छ। बैंकले आफ्नो प्रगतिमा सहयोग गर्ने नेपाल सरकार, नेपाल राष्ट्र बैंकलगायत नियामक निकाय, सेयरधनी, कर्मचारी र ग्राहकप्रति आभार व्यक्त गरेको छ।

बैंकका अनुसार ग्लोबल फाइनान्स बाट प्रदान गरिने यस अवार्ड प्राप्त गर्ने ग्लोबल आइएमई बैंक पहिलो नेपाली बैंक हो। बैंकले यसअघि ‘बैंक अफ द इयर २०१४’ र ‘बेष्ट इन्टरनेट बैंक २०१६’ लगायतका सम्मान प्राप्त गरिसकेको छ।

त्यस्तै, सन् २०२२, २०२४ र २०२५ मा युरोमनी अवार्ड फर एक्सिलेन्स तथा सन् २०२४ मा ‘बेष्ट बैंक ईएसजी नेपाल’ अवार्ड प्राप्त गरेको बैंकले जनाएको छ। बैंकले ‘बेष्ट इम्प्लोयर’ लगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानसमेत प्राप्त गरेको उल्लेख गरेको छ।

ग्लोबल आइएमई बैंकले आफ्नो सेवा सञ्जाल मुलुकका सबै ७७ जिल्लामा विस्तार गरेको जनाएको छ। बैंकका अनुसार हाल यसका ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र विदेशमा तीन प्रतिनिधि कार्यालय सञ्चालनमा छन्। यी सञ्जालमार्फत बैंकले एक हजारभन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउँदै आएको छ। बैंकका अनुसार यसले देशको अर्थतन्त्रमा योगदान पुर्‍याउँदै आएको छ।

  • Global IME Below News
  • Siddhartha Bank
  • EBL Ad news