माछापुच्छ्रे बैंकको २८औँ साधारणसभा सम्पन्न, ६ प्रतिशत लाभांश पारित


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
माछापुच्छ्रे बैंकको २८औँ साधारणसभा सम्पन्न, ६ प्रतिशत लाभांश पारित

माछापुच्छ्रे बैंक लिमिटेडको २८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। असोज २८ गते बुधबार पोखरास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न सभाले सेयरधनीलाई ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

सभाले आर्थिक वर्ष २०८२/८३ को खुद मुनाफाबाट चुक्ता पुँजीको ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो। प्रस्तावित लाभांशमध्ये ३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ।

साधारणसभाले बैंकको संस्थापक सेयरधनीका तर्फबाट रोशन के.सी., मुकुन्द महत र कृति महतोलाई निर्विरोध निर्वाचित गरेको छ। त्यसैगरी, सर्वसाधारण सेयरधनीका तर्फबाट विश्व प्रकाश गौतम निर्विरोध निर्वाचित भएका छन्।

साधारणसभापछि बसेको बैंक सञ्चालक समितिको बैठकले रोशन के.सी.लाई आगामी चार वर्षे कार्यकालका लागि सञ्चालक समितिको अध्यक्षमा पुनः नियुक्त गर्ने निर्णय गरेको छ।

बैंकका अनुसार बोनस सेयर वितरणपछि बैंकको साधारण चुक्ता पुँजी १२ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ। अग्राधिकार सेयरसमेत जोड्दा बैंकको कुल चुक्ता पुँजी १५ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। उक्त अवधिमा बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ १७ पैसा कायम भएको थियो।

  • EBL Ad news