सिटिजन्स बैंकका सेयरधनीलाई ४ प्रतिशत लाभांश साधारणसभाबाट पारित


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सिटिजन्स बैंकका सेयरधनीलाई ४ प्रतिशत लाभांश साधारणसभाबाट पारित

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक संचालक समितिका अध्यक्ष प्रबल जंग पाण्डेको अध्यक्षतामा काठमाडौंमा सभा सम्पन्न भएको हो ।

साधारण सभामा आर्थिक वर्ष. २०८२/८३ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदन सहित २०८३ आषाढ मसान्तको एन।एफ।आर।एस बमोजिम तयार गरिएको वासलात, आ.व. २०८२/८३ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु सभामा छलफल भई स्वीकृत भएको छ ।

त्यस्तै, साधारण सभाले गत आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य मुनाफाबाट २०८३ आषाढ मसान्तको चुक्तापूँजी १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार ६१४ रुपैयाँको ३.८० प्रतिशतले हुने ५८ करोड ९२ लाख ८३ हजार ६१७ रुपैयाँ ३४ पैसा बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश ०.२० प्रतिशतले हुने ३ करोड १० लाख १४ हजार ९२७ रुपैयाँ २३ पैसासहित जम्मा ६२ करोड २ लाख ९८ हजार ५४४ रुपैयाँ ५७ पैसा लाभांश दिने प्रस्ताव पारित गरेको छ । बैंकले आर्थिक वर्ष ०६५/६६ बाट लगातार लाभांश वितरण गर्दै आएको छ । बैंकको २० वर्षको औसत लाभांश १०.०८ प्रतिशत रहेको छ ।

सभाका अध्यक्षले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालन गर्ने र भविष्यमा बैंकले अझ बढी प्रगति हाँसिल गर्न सक्ने विश्वास सभालाई गराए । साथै संस्थागत सुशासन तथा अनुपालनाको स्तरलाई उच्चतम राख्ने विषयमा बैंकले सदैव महत्व दिँदै आएको र आगामी दिनहरुमा समग्र बैंकको संस्थागत सुशासन तथा अनुपालनाको अवस्थालाई थप सवल तथा सुदृढ बनाउँदै जाने तर्फ बैंक प्रतिबद्घ रहेको कुरा जानकारी गराए ।

  • EBL Ad news