असोज २३ गते शुक्रबार, आश्विन कृष्णपक्ष चतुर्दशी तिथि, कुन राशिका लागि कस्ताे रहला ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
असोज २३ गते शुक्रबार, आश्विन कृष्णपक्ष चतुर्दशी तिथि, कुन राशिका लागि कस्ताे रहला ?

मेष
इष्टमित्रबाट अपेक्षित सहयोग प्राप्त हुनेछ। शिक्षा, स्वास्थ्य, सामाजिक तथा राजनीतिक क्षेत्रहरू सामान्य अवस्थामै रहनेछन्।

वृष
शिक्षामा सफलता प्राप्त हुने समय हो। व्यवसायमा पनि सकारात्मक परिवर्तनहरू देखापर्ने छन्।

मिथुन
वैदेशिक क्षेत्रबाट उल्लेखनीय उपलब्धि प्राप्त हुन सक्छ। तर, मित्रवर्गप्रति सतर्कता आवश्यक रहनेछ।

कर्कट
आर्थिक, सामाजिक र धार्मिक क्षेत्रमा उतारचढाव आउन सक्छ। यद्यपि, राजनीतिक गतिविधिमा सशक्त उपस्थिति रहनेछ।

सिंह
मनस्थिति उत्साहित रहनेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ। व्यापारिक लाभको सम्भावना प्रबल छ।

कन्या
सम्पत्ति आर्जनका अवसरहरू प्राप्त हुनेछन्। स्वास्थ्य, शिक्षा र रोजगारीमा परिस्थिति अनुकूल रहनेछ।

तुला
शिक्षाको क्षेत्रमा उल्लेखनीय सहयोग मिल्नेछ। दीर्घकालीन योजनाको प्रारम्भका लागि उपयुक्त समय हुनेछ।

वृश्चिक
धार्मिक भावनामा वृद्धिसँगै आध्यात्मिक रुचि बढ्नेछ। वैदेशिक लगानीबाट लाभ लिने योग छ।

धनु
सामाजिक तथा पारिवारिक प्रतिष्ठा कायम रहनेछ। स्वास्थ्य र राजनीतिक गतिविधिहरू सामान्य रहने संकेत छन्।

मकर
आज दीर्घकालीन योजना बनाउने समय उपयुक्त देखिँदैन। यद्यपि अन्य कार्यहरूमा सन्तुलित प्रगति रहन सक्छ।

कुम्भ
शिक्षा र स्वास्थ्यमा उल्लेखनीय सुधार देखिन्छ। परिश्रमको प्रतिफल प्राप्त हुनेछ। आफन्तबाट आवश्यक सहयोग मिल्नेछ।

मीन
परिश्रमबाट सकारात्मक नतिजा प्राप्त हुने समय हो। कार्यक्षेत्रमा उत्साह र आत्मविश्वासमा वृद्धि हुनेछ।

  • EBL Ad news