ग्लोबल आइएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
ग्लोबल आइएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँ उपत्यकाभित्रका आफ्ना सबै शाखाबाट अमेरिकी डलर सटही सुविधा उपलब्ध गराएको छ।

विदेश भ्रमण, अध्ययन तथा व्यापारिक प्रयोजनका लागि जाने यात्रुहरूलाई विदेशी मुद्रा व्यवस्थापनमा सहजता प्रदान गर्ने उद्देश्यले उपत्यकाका सबै शाखामार्फत सेवा विस्तार गरिएको बैंकले जनाएको छ।

बैंकका अनुसार डलर सटही गर्न चाहने सेवाग्राहीले सम्बन्धित देशको भिसा, हवाई टिकट र राहदानीसहित आफूलाई पायक पर्ने जुनसुकै शाखामा सम्पर्क गर्न सक्नेछन्।

नेपाल राष्ट्र बैंकको प्रचलित विदेशी विनिमय व्यवस्था तथा नीतिअनुसार तोकिएको सीमासम्म अमेरिकी डलर नगद वा कार्डमार्फत उपलब्ध गराइने बैंकले जनाएको छ।

यसअघि सीमित शाखाबाट मात्र नगद विदेशी मुद्रा सटही गर्नुपर्ने अवस्थालाई सहज बनाउँदै उपत्यकाका सबै शाखाबाट सेवा उपलब्ध गराइएपछि ग्राहकको समय बचत हुनुका साथै विदेश यात्रा थप सहज हुने बैंकको विश्वास छ।

उक्त सेवासम्बन्धी थप जानकारी तथा सोधपुछका लागि बैंकको ग्राहक सेवा केन्द्र ‘ग्लोबल कनेक्ट’ मा ०१-५९७०६०० वा [email protected] मार्फत सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।

  • EBL Ad news