काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहक सेवा, डिजिटल नवप्रवर्तन र जोखिम व्यवस्थापनमा गरेको कार्यसम्पादनका लागि दुई अन्तर्राष्ट्रिय बैंकिङ अवार्ड प्राप्त गरेको छ।
बैंकले ‘Infosys Finacle Innovation Awards 2026’ अन्तर्गत ‘Maximizing Customer Engagement’ विधामा प्लेटिनम अवार्ड जितेको हो। ग्राहकको खाता खोल्ने प्रक्रियासहित बैंकिङ सेवालाई सरल र सहज बनाउने उद्देश्यले सञ्चालन गरिएको ‘Reinventing Customer Onboarding’ पहलका लागि बैंकलाई यो सम्मान प्रदान गरिएको जनाइएको छ।
यस वर्ष विश्वभरबाट ५०० भन्दा बढी आवेदन परेको अवार्ड कार्यक्रममा माछापुच्छ्रे बैंकको उक्त पहल उत्कृष्ट ठहरिएपछि प्लेटिनम अवार्ड प्रदान गरिएको बैंकले जनाएको छ। Infosys Finacle Innovation Awards ले बैंक तथा वित्तीय संस्थाले प्रविधि र नवप्रवर्तनमार्फत ल्याएका उत्कृष्ट अभ्यासलाई सम्मान गर्दै आएको छ।
त्यस्तै, बैंकले ‘Best Performance on Risk Management’ विधामा अर्को अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ। Indian Chamber of Commerce ले नयाँ दिल्लीमा आयोजना गरेको ‘Fourth Emerging Asia Banking Conclave & Awards 2026’ मा बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो।
कर्जा, सञ्चालन, बजार तथा तरलता जोखिम व्यवस्थापनमा बैंकले अपनाएको सक्रिय दृष्टिकोण र सुरक्षित तथा जिम्मेवार बैंकिङ अभ्यासका लागि अवार्ड प्रदान गरिएको बैंकले जनाएको छ।
माछापुच्छ्रे बैंकले पछिल्ला वर्षमा डिजिटल रूपान्तरण, ग्राहक सेवा र जोखिम व्यवस्थापनका क्षेत्रमा विभिन्न अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको छ। बैंकले यसअघि Visa Leadership Conclave Awards 2023 र 2024, Infosys Finacle Innovation Awards 2023 र 2025 तथा Rising Star in Asset Quality Award 2025 लगायतका सम्मान प्राप्त गरिसकेको छ।






