असोज ८ गते बिहिबार, आज भाद्र शुक्लपक्ष त्रयोदशी तिथि, कुन राशिको आर्थिक पाटो कस्तो रहला ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
असोज ८ गते बिहिबार, आज भाद्र शुक्लपक्ष त्रयोदशी तिथि,  कुन राशिको आर्थिक पाटो कस्तो रहला ?

मेष
लेनदेनका कार्यमा लाभ हुने सम्भावना छ। पुराना योजनाहरू सफल हुँदै जाने संकेत छन्।   

वृष 
भौतिक साधन प्राप्त हुने र व्यवसायिक लाभ प्राप्त हुने समय छ। लगानीको उपयुक्त अवसर मिल्ने देखिन्छ।

मिथुन 
शैक्षिक र सामाजिक क्षेत्रबाट लाभ मिल्नेछ। पारिवारिक साथ र मित्रताको सहयोगले महत्वपूर्ण कामहरू सम्पन्न हुनेछन्। 

कर्कट
सहकर्मी वा कर्मचारीसँग मतभेद उत्पन्न हुन सक्छ। व्यवसायमा प्रतिस्पर्धा तीव्र हुने भएकाले सजग रहनु आवश्यक छ।

सिंह
पारिवारिक वा साझेदारीमा आधारित व्यवसायमा सफलता मिल्नेछ। रोजगारीमा पनि सहयोगी वातावरण बन्ने सम्भावना छ।    

कन्या
अलमलिएका आर्थिक कारोबारहरू सुल्झिन सक्छन्। नयाँ लगानीका सम्भावना देखापर्नेछन्।  

तुला
बौद्धिक व्यक्तित्वको सल्लाह वा सहयोगबाट कार्य तथा व्यवसायमा देखिएको समस्याको समाधान सम्भव हुनेछ।

वृश्चिक
विरोधीहरूको सक्रियता बढ्न सक्छ। अनावश्यक खर्चमा वृद्धि हुन सक्ने भएकाले खर्च नियन्त्रणमा राख्न आवश्यक छ। 

धनु
काममा नयाँ अवसर प्राप्त हुने र आर्थिक उन्नति सम्भव देखिन्छ। साथीभाइको सहयोगले कार्य सरल बन्नेछ। 

मकर
आर्थिक अवस्था सुदृढ बन्दै जानेछ। आम्दानीका नयाँ स्रोतहरू फेला पर्ने सम्भावना छ। 

कुम्भ
रोकिएको कार्य सम्पन्न हुनाले मानसिक सन्तोष मिल्नेछ। छोटो तर लाभदायक यात्रा सम्भावित छ। 

मीन
एउटै कार्यमा बारम्बार प्रयास गर्नुपर्ने स्थिति देखिन्छ। आर्थिक पक्षमा हानी हुन सक्ने भएकाले विचारपूर्वक निर्णय लिनु उपयुक्त हुनेछ।

  • EBL Ad news