विदेशबाट पठाएको रकम Citizens Bank का २०० शाखा, २० हजार एजेन्ट तथा मोबाइल एपबाट प्राप्त गर्न सकिने


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
विदेशबाट पठाएको रकम Citizens Bank का २०० शाखा, २० हजार एजेन्ट तथा मोबाइल एपबाट प्राप्त गर्न सकिने

काठमाडौं । विदेशमा रहेका नेपालीहरूले पठाएको रेमिट्यान्स रकम Citizens Bank International का विभिन्न माध्यमबाट सहजै प्राप्त गर्न सकिने भएको छ।

बैंकका अनुसार विदेशबाट पठाइएको रकम देशभर रहेका बैंकका २०० शाखा, करिब २० हजारको विस्तृत एजेन्ट नेटवर्क तथा Citizens Smart App मार्फत प्राप्त गर्न सकिन्छ।

बैंकले विदेशबाट नेपालमा पैसा पठाउने सेवाका लागि विभिन्न अन्तर्राष्ट्रिय रेमिट्यान्स तथा एक्सचेन्ज कम्पनीसँग सहकार्य गरेको जनाएको छ। संयुक्त अरब इमिरेट्स (यूएई) लगायतका स्थानबाट पठाइएको रकम सम्बन्धित रेमिट्यान्स साझेदारमार्फत नेपालमा प्राप्त गर्न सकिने बैंकको जानकारीमा उल्लेख छ।

बैंकले विदेशमा रहेका नेपालीलाई औपचारिक माध्यमबाट रकम पठाउन प्रोत्साहित गर्दै आएको छ। बैंकका अनुसार रेमिट्यान्स सेवामार्फत विदेशमा कमाएको रकम परिवार तथा आफन्तसम्म सुरक्षित र सहज रूपमा पुर्‍याउन सकिन्छ।

Citizens Smart App प्रयोग गर्ने ग्राहकले उपलब्ध सुविधाअनुसार मोबाइलबाटै रेमिट्यान्ससम्बन्धी सेवा लिन सक्ने बैंकले जनाएको छ।

  • EBL Ad news