लुम्बिनी विकास बैंक र द कफी एटेलियरबीच सम्झौता, बैंकका ग्राहकलाई २० प्रतिशतसम्म छुट


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
लुम्बिनी विकास बैंक र द कफी एटेलियरबीच सम्झौता, बैंकका ग्राहकलाई २० प्रतिशतसम्म छुट

काठमाडौँ - लुम्बिनी विकास बैंक लिमिटेड र द कफी एटेलियर, बागबजारबीच बैंकका ग्राहक तथा कर्मचारीलाई विशेष सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारीपत्र (MOU) मा हस्ताक्षर भएको छ।

सम्झौताअनुसार लुम्बिनी विकास बैंकका डेबिट कार्डधारक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले द कफी एटेलियरका विभिन्न सेवामा २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।

बैंकका अनुसार छुट बेसिक तथा एड्भान्स्ड कोर्सअन्तर्गतका थ्योरी तथा प्राक्टिकल ट्रेनिङ सेसनमा उपलब्ध हुनेछ। यसअन्तर्गत एस्प्रेसो मेसिन सञ्चालन तथा ग्राइन्डर क्यालिब्रेसन, क्याफे तथा हस्पिटालिटी व्यवस्थापन, हट तथा कोल्ड बेभरेज र फिल्टर/थर्ड वेभ कफी ब्रुइङसम्बन्धी तालिम समावेश छन्।

सम्झौतामार्फत बैंकले आफ्ना ग्राहक तथा कर्मचारीलाई बैंकिङ सेवासँगै विभिन्न व्यावसायिक तथा दैनिक उपभोगका सेवामा अतिरिक्त सुविधा उपलब्ध गराउने उद्देश्य राखेको जनाएको छ।

  • EBL Ad news